‘गोल्डेन रेसियो विज्ञान’ अनुसार विश्वकै सुन्दर मुहार एम्बर हर्डको

काठमाडौँ । गोल्डेन रेसियो विज्ञानका आधारमा हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला प्रमाणित भएकी छन् ।

‘गोल्डेन रेसियो’ का आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ। बेलायती सौन्दर्य सर्जन डा. जुलियन डि सिल्भाले बताएअनुसार एम्बरको अनुहारमा उत्कृष्टतामा प्रतिशत ९१.८५ पाइएको छ । डिजिटल फेसियल म्यापिङ प्रविधिले गरेको अनुसन्धानका आधारमा उनको अनुहार यो स्तरमा उत्कृष्ट पाइएको हो ।

डा. सिल्भाले सन् २०१६ मा खिचिएको एम्बरको एक तस्वीरलाई आधार मानेर अनुसन्धान गरेका थिए। अनुहारका विभिन्न १२ भागको विश्लेषण गरिएको थियो, जसमा उनको आँखा, नाक, ओठ, चिउँडो र टाउकोको मापन गरेकी  हुन् ।

चित्रकार लियोनार्दो डा भिन्चीको मोनालिसा, द लास्ट सप्पर जस्ता विश्चप्रख्यात पेन्टिङहरू पनि गोल्डेन रेसियोमा आधारित भई कोरिएका छन् भने इजिप्टको पिरामिडमासमेत गोल्डेन रेसियोको गणितीय सुत्र प्रयोग भएको पाइएको अनुसन्धानकर्ताहरूको भनाइ रहँदै आएको छ ।

प्राचिन ग्रिकहरूले शुरू गरेको गोल्डेन रेसियो भन्नाले विज्ञान र गणितिय आधारमा मिलेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *