देउवा र प्रचण्डकाे नेतृत्वमा ‘दक्षिणपन्थी’ समूह बनेकाे छ : ओली (भिडिओसहित)
२०७९ असार १० गते

काठमाडाैँ । नेकपा [एमाले]का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई दक्षिणपन्थी भएकाे आराेप लगाएका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने, ‘शेरबहादुरजी र प्रचण्डजीकाे नेतृत्वमा एउटा दक्षिणपन्थ समूह बनेकाे छ ।’
उनले वाम एकता टुटाएर दक्षिणपन्थमा लागेकाे भन्दै प्रचण्डकाे कटाक्ष गरेका छन् । ‘उहाँ एकतामा इमान्दार हुनुभएन । पार्टीकाे अध्यक्षलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्नुभयाे । मलाई त उहाँले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्नुभयाे । अरु के कुरा गर्नु,’ उनले भनेका छन् ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








