दलहरूलाई महिला तथा सामाजिक समितिकाे निर्देशन- महिला सहभागितालाई प्राथमिकतामा पार्नू
२०७९ असार १० गते

काठमाडाैँ । संसद्काे महिला तथा सामाजिक समितिले गत स्थानीय निर्वाचनमा महिला सहभागितालाई राजनीतिक दलहरूले प्राथमिकतामा नराख्दा महिला सहभागिताकाे दर घटेकाे निष्कर्ष निकालेकाे छ । शुक्रबार बसेकाे समितिकाे बैठककाे निर्षकर्ष छ— राजनीतिक दलहरूले महिला सहभागितालाई बेवास्ता गरे । यसाे हुँदा महिला सहभागिताकाे दर घट्याे ।
संविधानले दिएकाे अधिकारकाे प्रयाेग गर्दै महिला सहभागितालाई बढाउने लानुपर्ने जिम्मेवारीलाई दलहरूले बेवास्ता गर्दा महिला सहभागिताकाे दर मात्रै घट्ने नभइ संविधानकाे कार्यान्वयनमा समेत चुनाैती देखिएकाे समितिले बताएकाे छ । समितिकी सभापति निरुदेवी पालल भनेकी छन्, ‘यसले महिलाहरूकाे अधिकारलाई सङ्कुचनतर्फ लग्याे ।’
समितिले यसप्रति सम्बन्धित निकाय, दल तथा नेताहरूकाे ध्यानाकर्षणसमेत गरेकाे छ ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








