‘एकीकृत समाजवादीकाे अहिलेकाे अवस्था देख्दा उबेला माधव कमरेडलाई गरेकाे अनुनयकाे स्मरण हुन्छ’

काठमाडाैँ । नेकपा [एमाले] का सचिव याेगेशकुमार भट्टराईले एकीकृत समाजवादीकाे अहिले अवस्था देख्दा आफूलाई ‘एमाले नफुटाउनुस्’ भनेर उबेला माधवकुमार नेपालसँग गरेकाे अनुनय विनयकाे स्मरण भएकाे बताएका छन् । ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेकाे छ,’ उनले भनेका छन् ।

उनले पार्टीभित्रका खेलाडी नेताहरूलाई नेतृत्वले अब भने राम्रैसँग चिन्ने बताएका छन् । ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ,’ उनले भनेका छन् ।

याेगेश पहिले माधव खेमाकै नेता हुन् । विभाजन हुनुअघिसम्म उनी माधवकै पक्षमा थिए । तर २०७८ भदाै ९ गतेदेखि भने उनी पुन: एमालेमै फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =