राजकुमार राव अभिनित ‘हिटः द फर्स्ट केस’को ट्रेलर बाहिरियो

काठमाडौँ । भारतीय अभिनेता राजकुमार रावको चलचित्र ‘हिटः द फर्स्ट केस’को ट्रेलर सार्वजनिक भएको छ ।

सोही नामको चर्चित तेलगु क्राइम थ्रिलर चलचित्रमा आधारित रही बनेको हो राजकुमारको ‘हिटः द फर्स्ट केस’ । फिल्मको मुख्य भूमिकामा राजकुमार राव र शान्या मल्होत्रा रहेका छन् । सैलेश कोलनुले निर्देशनमा बनेको यस फिल्ममा राजकुमार र शान्यासँगै जतिन गोस्वामी, शानु कुमार र रोहन सिंहको समेत अभिनय देख्न पाइनेछ ।

१५ जुलाईमा प्रदर्शनमा आउने फिल्मको कथा एक बेपत्ता महिलाको खोजी गर्दै अघि बढेको छ ।

ट्रेलरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *