गृहमन्त्री खाँणद्वारा मक्कामदिनाका लागि निस्किएका हजयात्रीको बिदाइ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लागेका हजयात्रीको बिदाइ गरेका छन् ।

गृहमन्त्री खाँणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् । यस वर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाँणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताए । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उनले बताए ।

हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायतको उपस्थिति थियो । यही असार ६ गतेदेखि दैनिक एयर अरेबियाको जहाजबाट टोली हज गर्न जाने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *