राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने
२०७९ असार १० गते

काठमाडौँ । राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । हेटौंडा, विराटनगर, जनकपुर, बुटवल र पोखरामा कार्यक्रम गरिसकेको राप्रपा नेपालले अब धनगढी र सुर्खेतमा भेना गर्ने भएको हो ।
भोलि सुदूरपश्चिम स्तरिय कार्यक्रम धनगढीमा र १६ गते सुर्खेतमा गरिने पार्टीले जनाएको छ । कार्यक्रमका लागि पार्टीका महामन्त्री राजाराम बर्तौला धनगढी पुगिसकेका छन् । बर्तौलाका अनुसार सबै बर्ग, क्षेत्र, समुदायका व्यक्तिहरूसँग पार्टी अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् ।
प्रदेश क्षेत्रभित्रका जिल्लाका अध्यक्षसहित प्रतिनिधिहरूको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको पनि आयोजना हुनेछ । जहाँ थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि धनगढी जाने कार्यक्रम छ ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








