प्रधानमन्त्री देउवा आज लुम्बिनी जाँदै
२०७९ असार १० गते

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन् ।
बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








