उपत्यकाका नदीमा बाढी आउनसक्ने, उच्च सतर्कता अपनाउन आग्रह
२०७९ असार १० गते

फाइल फाेटाे
काठमाडौँ । गए रातिदेखि भएको वर्षाका कारण काठमाडौँ उपत्यकाका बढीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार गएराती उपत्यकामा धेरै वर्षा भएको छ ।
वर्षासँगै हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ । यी नदीसहित नालाको पानीसमेत सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ९ बजेसम्म सजक रहन आग्रह गरेको हो । नदी किनार भइ हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
असार-१० विहान ६ बजे#Alert
पछिल्लो ४ घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी बर्षा मापन भएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा #उच्च सतर्कता अपनाऔ ।— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 24, 2022
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








