माधवले भने- ‘केही घण्टाभित्रै मन्त्रिपरिषद् हेरफेर हुन्छ’

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का अध्यक्ष माधवकुमार नेपालले केही घण्टाभित्रै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । बिहीबार बिहानको सचिवालय बैठकमा नेताहरूले राखेकाे जिज्ञासामा जवाफ दिँदै उनले यस्ताे बताएका हुन् । अध्यक्ष नेपाललाई उद्धृत गर्दै एक नेताले भनेका छन्, ‘हामीले अगाडि पठाइएका साथीहरूलाई फिर्ता बाेलाएर नयाँ साथीहरूलाई पठाएकाे हाैँ । त्यसकाे कार्यान्वयन सरकारले गरेकाे छैन । तर अबचाहिँ केही घण्टाभित्रै मन्त्रिपरिषद् हेरफेर हुन्छ ।’

यसअघि बुधबार अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले सचिवालय बैठकले मन्त्री हेरफेरकाे आफूहरूकाे निर्णय सरकारले चाँडाेभन्दा चाँडाे कार्यान्वयन गराउनुपर्ने निष्कर्ष निकालेकाे बताए । ‘नेताहरूले पार्टी अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गरेर छिटो भन्दा छिटो मन्त्रिपरिषद् हेरफेरको कार्यान्वयन गर्न आग्रह गर्नुपर्छ भन्ने कुराहरू भएका छन् । गठबन्धनको गन्तव्य अझै नसकिएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि कायम गरेर जानुपर्छ भन्ने कुरा भएकाे छ,’ उनले भनेका छन् ।

एकीकृत समाजवादीले यसअघि आफ्नाे तर्फबाट पठाएकाे ४ जना मन्त्रीहरूलाई फिर्ता बाेलाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *