ढुक्क प्रकाशशरण, भन्छन्- ‘निर्वाचनपछि कांग्रेसकाे नेतृत्वमा सरकार बन्छ’

'कांग्रेसले काम मात्रै गर्‍याे, प्रचार गरेन'

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् प्रवक्ता प्रकाशशरण महतले आसन्न सङ्घीय निर्वाचनपछि नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । बिहीबार काठमाडाैँमा आयाेजित नेपालि विद्यार्थी सङ्घकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘आउने सङ्घीय निर्वाचनपछि नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार बन्नुपर्छ र बन्छ पनि,’ उनले भनेका छन् ।

उनले विद्यार्थीहरूलाई सामाजिक सञ्जालकाे सही सदुपयाेग बढाउन निर्देशनसमेत दिएका छन् । गएकाे स्थानीय तह सदस्यकाे निर्वाचनबाट काठमाडाैँकाे प्रमुखमा निर्वाचित बालेन्द्र शाहकाे उदाहरण दिँदै भने, ‘बालेन्द्रलाई हेर्नुस् त । उहाँकाे परिस्थिति केले त्यस्ताे बनायाे भन्दा सामाजिक सञ्जालले । त्यसैले याे युगमा सामाजिक सञ्जालकाे पनि सही सदुपयाेग बढाउनुपर्छ । तपाईंहरू सिक्नुस् ।’

‘कांग्रेसले काम मात्रै गर्‍याे, प्रचार गरेन’

नेता महतले कांग्रेसले काम मात्रै गरेकाे बताएका छन् । त्यसमा प्रचार नपुगेकाे दृष्टान्त सुनाउँदै उनले भनेका छन्, ‘केपी ओलीले गर्दैनन् तर, प्रचार भने गरेकाे गर्‍यै गर्छन् । तर नेपाली कांग्रेसले काम मात्रै गर्‍याे, प्रचारचाहिँ गरेन । हामीचाहिँ काम गरिहालियाे भन्ने हुँदाेरहेछ । तर याे गर्न नहुने रहेछ । प्रचार पनि गर्नुपर्दाेरहेछ ।’

बाेलेर मात्रै नहुने पाठ कांग्रेसले सिक्नुपर्ने भन्दै उनले साेधे, ‘गरेर मात्रै हुँदाेरहेछ त ?’ उनले थपे, ‘गरिएका कामहरूबारे निरन्तर सम्प्रेषणसमेत गर्नुपर्नेरहेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *