सङ्घीय निजामती ऐन सङ्घीयताकाे मर्मअनुरूप बन्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठले सङ्घीय निजामती ऐन चाँडै बन्ने बताएका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘सङ्घीय निजामती ऐन चाँडै बन्छ,’ उनले भनेका छन्, ‘तर याेचाहिँ सङ्घीयताकाे मर्मअनुसार बन्नुपर्छ । यसमा म मेराे तर्फबाट काम गर्नै नै छु ।’

यसअघि नै ऐन बन्नुपर्ने भएपनि अहिलेसम्म विविध कारणले बन्न नसकेकाे उल्लेख गर्दै उनले भने, ‘म मन्त्री बन्नुभन्दा पहिल्यै त्यसलाई संसदीय समितिले पास गरिसकेकाे हाे । त्यसपछि संसद्‌मा भने छलफल भएन । किनभने त्यसबेला संसद् अवरुद्ध थियाे । त्यसपछि थप छलफल हुन सकेन दलहरूकाे अधिवेशन थियाे । त्यसपछि निर्वाचन आयाे । यी कारणहरूले ढिलाे भयाे । अब भने ढिलाे हुँदैन ।

यसमा थप सुधार गर्नुपर्ने भए आफूले सरकारकाे ध्यानाकर्षण गराउने भनाइ मन्त्री श्रेष्ठले बताएका छन् । कर्मचारीहरूकाे मर्यादित जीवन र सुनिश्चित भविष्यलाई केन्द्रमा राखेर निजामती ऐन बन्ने उनले दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *