काठमाडौँको मित्र पार्कमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर (तस्बिरहरू)

काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । केएमसीले बुधबार काठमाडौँको मित्र पार्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

काठमाडौँ महानगरपालिका ७, सामुदायिक सहकारी संस्था, सामुदायिक प्रहरी केन्द्र जनता सेवा समाजको संयुक्त आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं ७ को वडा कार्यालयमा शिविर सम्पन्न भएको हो । शिविरमा ७ सय ५३ जनाले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले बताए ।

उनकाअनुसार शिविरमा १४२ जनाको इसिजी, २०१ जनाको ल्याब, १५९ जनाको यूएसजी, २७ जनाको दाँत खोल्ने र ४२ जनालाई ओटी रेफर गरिएको छ । सबै वर्गमा स्वास्थ्य सेवा तथा परामर्शको पहुँच होस् भनेर केएमसीले पछिल्लो समय देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा तीव्रता दिएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *