न्यायाधीश-वकिल घुस बार्गेनिङ प्रकरण : छानबिनका लागि तीन सदस्यीय समिति गठन

काठमाडाैँ । न्यायाधीश-वकिल घुस बार्गेनिङ प्रकरणबारे छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएकाे छ । साढे ५ अर्ब बढी ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई रिहा गर्न न्यायाधीश राजुकमार काेइराला र वकिल रुद्रप्रसाद पाेखरेलले २ करोडको बार्गेनिङ गरेको विषय छानबिन गर्न न्यायपरिषद्ले छानबिन समिति गठन गरेको हाे । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हाे ।

न्यायाधीश कोइरालामाथि न्याय परिषद् ऐनको दफा १९ बमोजिम छानबिनका समिति बनाइएकाे हाे । समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पौडेल र महेश शर्मा रहेका छन् । समितिलाई ४५ दिनभित्र जाँचबुझ गरेर प्रतिवेदन बुझाउन भनिएकाे छ ।

यसअघि न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो सार्वजनिक भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =