पत्रकार पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघद्वारा निन्दा (विज्ञप्तिसहित)

काठमाडौँ । समाचार संकलनका क्रममा कञ्चनपुरमा विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले बिनाकारण पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति व्यक्त गरेको छ ।

महासंघको सदूरपश्चिम प्रदेश समितिले सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै पत्रकार विवशलाई समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको जनाएको हो । महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीका सम्बन्धमा समाचार संकलन गर्दै गरेका पत्रकार विवशलाई प्रहरीले पक्राउ गरेको थियो ।

नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम भएको महासंघको भनाइ छ । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।

महासंघका महासचिव रोसन पुरीले आज बुधबार सार्वजनिक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति महासंघले आपत्ति जनाएको सूचित गराएका हुन् ।

विज्ञप्तिः

May be an image of text that says 'नेपाल पत्रकार ofNepaliJournalis महारु महासंघ Federation (FNJ) केन्द्रीय सत्चारिग्राम, काठमाडं, नेपाल मिति २०७९।०३।०5 प्रेस विज्ञप्ति समाचार संकलनका ऋरममा कज्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले बिनाकारण पकाउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छू। महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका करममा प्रहरीले पकराउ गरेको थियो नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पकाउ गरिएको घटना स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम हो महासंघ प्रेस स्वतन्त्रताको सम्मान गने यस्ता घटना नदोहोऱ्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछ रोसन पुरी महासचिव Headquarters, Village, Kathmandu, fjnepalcentral@gmail.com'

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *