झलनाथ भन्छन्- गठबन्धनले बिलकुलै अपमानपूर्ण व्यवहार गर्‍याे (भिडिओसहित)

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का सम्मानित नेता झलनाथ खनालले वामपन्थीहरू ‘क्रान्तिकारी संसद्‌वादी’ दिशाबाट अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार काठमाडाैँमा समाजवादी प्रेस सङ्गठनद्वारा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘क्रान्तिकारीहरू संसद्‌वादी दिशाबाट अगाडि बढ्नुपर्छ । हामी बुर्जुवावादी हुनुहुँदैन,’ नेता खनालले भनेका छन् ।

उनले गठबन्धनले एकीकृत समाजवादी अपमानपूर्ण व्यवहार गरेकाे बताए । ‘हामीले जुन ९ लाखकाे कुरा गर्‍याैँ । यदि हामीले ठाउँ-ठाउँबाट आफ्नाे उम्मेदवारहरू खडा गर्न सकेकाे भए हामीसँग २० लाखभन्दा बढी मत हुन्थ्याे । त्यसमा हाम्राे पनि त्रुटिहरू भए हाेला । तर, गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई बिलकुल अपमानपूर्ण व्यवहार गर्‍याे,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *