पाेखराकाे नीति तथा कार्यक्रम : ६ महिनामा ३ हजारलाई रोजगारी [पूर्णपाठ]

काठमाडाैँ । पोखरा महानगरको आफ्नै तथ्यांकअनुसार हाल यहाँका १ लाख ४ हजार ४ सय ६९ जनाले रोजगारी पोखराभित्रै पाएका छन् । २८ हजार २ सय १५ वटा व्यावसायिक एकाइबाट उनीहरूले रोजगारी पाएका हुन् । पोखराको ग्रस म्युनिसिपल प्रोडक्टमा ५७ प्रतिशत योगदान व्यावसायिक क्षेत्रको छ भने ११ प्रतिशत कृषि र पशुपालन क्षेत्रको छ । बाँकी अन्य विभिन्न क्षेत्रले योगदान गर्छन् । हाल पोखराको ग्रस म्युनिसिपल प्रोडक्ट १ खर्व १० अर्ब ५४ करोड रहेको अनुमान छ । आगामी वर्षको पहिलो ६ महिनामा महानगरले देखिने गरी ३ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । मेयर धनराज आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ हजार रोजगारी ६ महिनाभित्र दिने बताए ।

त्यसका लागि प्लस टु तह अध्ययन सकेर बसेका युवालाई लक्षित गरेर तालिम सञ्चालन गर्ने आचार्यको भनाइ छ । ‘महानगरमा रोजगारी थप गर्न भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदिजस्ता सीप तथा तालिम दिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै, ४० वर्षमाथिका सबै नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने, लेकसाइडमा रहेको हिमागृह र रत्नमन्दिरलाई व्यावसायिकरूपमा खुला गर्ने घोषणा महानगरले गरेको छ ।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न यसअघि नै निर्णय गरिएको भन्दै थप पहल गर्ने आचार्यले बताए । पोखराको झल्को दिने गरी एक सांस्कृतिक ग्राम बनाउने कार्यक्रमसमेत छ । नगरक्षेत्रका तारलाई भूमिगत गर्ने र अप्टिकल फाइबर ओच्छ्याउने, पोखरा वसपार्क र लामेआहालको प्रदेश स्तरीय वसपार्क निर्माणदेखि अन्तराष्ट्रिय सम्मेलन केन्द्र र क्रिकेट रंगशाला निर्माणसम्मका कार्यक्रम समाबेश गरिएको छ । आचार्यले बजेटमा विशेषगरी पर्यटनलाई प्राथमिकता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =