रवि लामिछानेविरुद्ध आयाेगमा अर्काे पनि उजुरी, ‘स्वतन्त्र’ शब्दकाे अपव्याख्या नगर्न माग (भिडिओसहित)

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराउन लागेकाे पूर्वसञ्चारकर्मी रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा अर्काे पनि उजुरी परेकाे छ । आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा काभ्रेपलाञ्चाेक क्षेत्र नं. १ बाट स्वतन्त्ररूपमा उम्मेदवारी दिएका मनाेज पण्डितलगायतले रविविरुद्ध उजुरी दर्ता गराएका हुन् । पण्डितले मकालुखबरसँग भनेका छन्, ‘हामीले स्वतन्त्र शब्दलाई स्वतन्त्र नै रहन दिनुपर्छ भनेका छाैँ । हाम्राे माग यही हाे ।’

यसअघि राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहूलगायतले पनि साेही प्रकृतिकै उजुरी दर्ता गराएका छन् ।

♦ याे पनि:
   ‘स्वतन्त्र’लाई आघात पुर्‍याएकाे भन्दै रवि लामिछानेविरुद्ध निर्वाचन आयाेगमा उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =