मन्त्री हेरफेर गर्न सत्ता गठबन्धनको बैठक

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । मन्त्री हेरफेरका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे  बस्ने भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बस्न लागेको हो । एकीकृत समाजवादीले गत जेठ २२ गते चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

तर प्रधानमन्त्री देउवाले बजेट पारित नहुन्जेल मन्त्री हेरफेर गर्न नसकिने भनेपछि सो निर्णय तत्काल कार्यान्वयन भएको थिएन । माओवादी केन्द्रमा पनि मन्त्री परिवर्तनको कुराले चर्चा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =