अफगानिस्तानमा ६.१ रेक्टरको भूकम्प, १५० घाइते, २५० को मृत्यु

काठमाडौँ । अफगानिस्तानमा ६।१ रेक्टरको भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको दक्षिण पूर्वी शहर खोस्तभन्दा ४० किलोमिटरको दूरीमा केन्द्रविन्दु बनाई भूकम्प गएको जनाइएको छ ।

अफगानी अधिकारीहरूका अनुसार भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको हो । भूकम्पका कारण सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको उल्लेख गरिएको छ । सो प्रान्तमा धेरै घरहरू ढलेका कारण धेरै मानिसहरू च्यापिएको हुनसक्नेउल्लेख गर्दै मृतकको संख्या अझै बढ्ने सक्ने अनुमान गरिएको बताइएको छ ।

अफगानिस्तानसँगै पाकिस्तान र भारतसम्म पनि भूकम्पको धक्का महसुस भएको बताइएको छ । अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का महसुस गरिएको विवरण पाइएको बताइएको हो ।

हालसम्म अफगानिस्तानमा घाइतेको संख्या १५० भन्दा माथि रहेको विवरण प्राप्त भएको जनाइएको छ । घाइते र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

स्रोतः बिबिसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *