सगरमाथा क्षेत्रमा डीजेआई ड्रोनको नयाँ कीर्तिमानः ८,८६१ मिटरको उचाईमा उडान

एजेन्सी । चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो ।

कम्पनीकाअनुसार इभी–५०’ मोडेलको ‘भर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ’ फिक्स्ड–विङ हाइब्रिड ड्रोनले निश्चित तौल (पेलोड) सहित ८,८६१ मिटरको उचाईमा पुगेर स्थिरताका साथ उडान भर्न सफल भएको छ ।

सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्युन वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ ।

यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =