ओलीले नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि
२०७९ असार ८ गते

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई आजदेखि संवैधानिक इजलासमा शुरू हुँदैछ ।
संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाई आजदेखि अन्तरिम इजलासमा शुरू हुन लागेको हो ।
रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधी दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन् ।
ओलीले अध्यादेशमार्फत २०७७ माघ २१ गते ३२ जना र २०७८ असार १० गते नियुक्त गरेका २० जना गरी कूल ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए ।
२०७९ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








