गण्डकीका जिससमा एमालेको वर्चस्व, कांग्रेसका प्रमुख स्याङ्जामा मात्रै
२०७९ असार ८ गते

पोखरा । गण्डकीका ११ मध्ये १० जिल्लामा समन्वय समिति गठन भएको छ । तनहुँ जिल्ला बाहेक १० वटामा निर्वाचन सकिँदा एमालेले ७ पालिका प्रमुख जितेको छ भने ६ उपप्रमुख जितेको छ ।
माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्यो भने कांग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रमुख र एकीकृत समाजवादीले १ उपप्रमुख जितेको हो । मुस्ताङ, म्याग्दी, नवलपुर, कास्की र लमजुङमा प्रमुख-उपप्रमुख नै एमालेले जितेको छ ।
पर्वतमा प्रमुख एमालेले जित्दा उपप्रमुख माओवादीले जित्यो । गोरखामा प्रमुख र उपप्रमुख नै माओवादीले जितेको छ । बागलुङमा प्रमुख जनमोर्चा र उपप्रमुख एकीकृत समाजवादीले जितेको छ भने स्याङ्जाको प्रमुख गोलाप्रथाबाट कांग्रेसले र उपप्रमुख एमालेले जितेको हो । मनाङमा पनि गोलाप्रथाबाट प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी भएको छ ।
२०७९ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








