बाबुरामले अचाक्ली महँगी देखे, नेता अंकगणितमा लिप्त !

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अचाक्ली महँगीले जनता मर्कामा परेको बताएका छन् । बिहान सामाजिक सञ्जालमार्फत भट्टराईले सरकारले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिँदा जनता मर्कामा परेको बताएका हुन् ।

इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने उनको भनाई छ । ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ ! यो अचाक्ली महँगीले जनताको ढाड भाँचिँदै छ । खै सरकारी पहल ?,’ उनले अगाडि भनेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले महँगी बढिरहँदा सरकार तथा नेताहरू नियन्त्रण गर्न असफल भएको बताए । उनले भने, ‘हाम्रा दल/नेता सत्ता गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर, अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =