गुडिरहेको बसमा एसिड पोखिँदा पाँच जना घाइते

विराटनगर । विराटनगर–रंगेली सडक खण्डमा गुडिरहेको बसमा एसिड पोखिँदा पाँच जना घाइते भएका छन् ।

विराटनगरबाट रंगेली तर्फ जाँदै गरेको को १ ख ३९८१ बस मोरङको कटहरिमा गुडिरहेको अवस्थामा एसिड पोखिएको प्रहरीले जनाएको छ । बसमा एसिड पोखिदा बसका सह–चालकसहित अन्य पाँच जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सह–चालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सबिया खानम घाइते छन् ।

घाइतेहरूको विराटनगरमा रहेको कोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

एसिड लागेर घाइतेहरूको टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ । बसमा एक यात्रुले बियरको बोतलमा एसिड बोकेको र उक्त बोतल फुटेपछि एसिड लागेर घाइते भएका प्रहरीले जनाएको छ । एसिड बोक्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =