मूल्यवृद्धिका बारे सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै राष्ट्रियसभा अवरुद्ध

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई जवाफ दिनुपर्ने माग गर्दै एमालेले राष्ट्रियसभा अवरुद्ध गरेको छ ।

मंगलबार बसेको बैठकमा एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिनुपर्ने भन्दै विराेध जनाएका हुन् ।

बैठकमा एमाले सांसदहरूले विराेध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरे ।

अध्यक्ष तिमिल्सिनाको निर्देशनपछि पनि राष्ट्रियसभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ नदिई सदनको कामकारबाही अगाडि बढ्न नसक्ने र आफूहरूको विरोध रहिरहने बताए ।

उनले मूल्यवृद्धिबाट प्रभावित जनतलाई राहत प्याकेजसहित सहुलियत दिन स्पष्ट योजना ल्याउन माग गरे ।

एमालेको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले मंगलबार कार्यसूचीमा रहेको विनियोजन विधेयकका विभिन्न शीर्षकको छलफल अर्को बैठकमा हुने गरी बैठक स्थगीत गरे । राष्ट्रियसभाको अर्को बैठक बुधबार १ बजे बस्ने बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =