नागरिकता भन्नेबित्तिकै मधेसको समस्या भन्ने बुझाइबाट माथि उठ्न सांसद यादवको आग्रह

काठमाडौँ । आज मंगलबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले नागरिकतासम्बन्धी समस्यालाई राष्ट्रिय विषयका रूपमा लिन अग्रह गरेका छन् ।

संसद् बैठकमा सांसद यादवले नागरिकता भन्नेबित्तिकै मधेसको समस्या भन्ने बुझाइबाट माथि उठ्न आग्रह गर्दै नागरिकता राष्ट्रिय विषय हो भनेर सर्वसम्मतिले समाधान खोज्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको सर्वाधिक संवेदनशील राष्ट्रिय विषय (वा विषयको रूपमा जरो गाडेको )अविलम्ब सदनमा प्रस्तुत गरी सदासर्वदाका लागि समस्या समाधान गरियोस् ।’

माओवादीकै सांसद रेखा शर्माले पनि नागरिकता ऐन पारित गर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘नागरिकता ऐन लामो समयदेखि संसद्‌बाट पारित भएको छैन । नागरिकता ऐन पारित नहुँदा नागरिकहरू कष्टकर अवस्थामा छन् ।’

शर्माले तत्काल नागरिकता ऐनलाई सहमति कायम गरेर सदनबाट अगाडि बढाई जनताको जीवनलाई सहज बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *