अपहरणमा परेको नाटक गरी आफ्नै परिवारसँग फिरौतीमा २० लाख माग

काठमाडौँ । हाल ललितपुरको इमाडोलमा डेरा गरी बस्दै आएका सप्तरीको राजगढ गाउँपालिका वडा नं ३ निवासी १ वर्षीय कृष्णकुमार शर्माले आफू अपहरणमा परेको नाटक गरी आफ्नै परिवारसँग फिरौती रकम माग गरेका छन् ।

गत असार १ गते घरमा पैसा पठाउने भन्दै कोठाबाट आइएमईतिर हिँडेका शर्मा बेपत्ता भए । उनको मोबाइल पनि स्वीच्ड अफ भयो । परिवारका सदस्यले रातभर फोन सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन । तर, असार २ गते अचानल शर्माको इमोबाट परिवारका सदस्यलाई धम्कीपूर्ण म्यासेज आयो । उक्त म्यासेजमा शर्मा अपहरणमा परेको र दुई दिनभित्र २० लाख रुपैयाँ नपठाए मारिदिने भनी लेखिएको थियो । साथै, शर्मालाई मार्नका लागि अन्यत्रबाट आफूले ८ लाख रुपैयाँ लिइसकेको तर, परिवारबाट २० लाख फिरौती दिए शर्मालाई जान दिने पनि म्यासेजमा बताइएको थियो ।

२० लाख रुपैयाँ जुटाउन सक्ने स्थितिमा नभएका कारण परिवारका सदस्य प्रहरीको शरणमा गए । प्रहरीको खोजतलासका क्रममा शर्मा विराटनगरमा फेला परे । गत असार ५ गते मोरङ प्रहरीले विराटनगरबाट शर्मालाई पक्राउ गरी सोधपुछ गर्दा उनले आफ्नै परिवारबाट रकम असुल्नका लागि अपहरणमा परेको नाटक मात्र गरेको खुल्न आयो ।

शर्मालाई हाल मोरङबाट ललितपुर ल्याई सार्वजनिक उपद्रयाइँ गरेको कसूरमा महानगरीय वृत्तमा नियन्त्रणमा राखिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *