तीन दिनदेखि बेपत्ता युवतीको त्रिनगर नाकाबाट उद्धार

धनगढी । तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको कैलालीको त्रिनगर सीमा नाकाबाट उद्धार गरिएको छ । बैतडीको सिगास गाउँपालिका-८ की १८ वर्षीया सरस्वती बोहराको उद्धार गरिएको हो ।

उनलाई भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । शनिबार बिहान रोपाइँ गर्न भनी घरबाट हिँडेकी सरस्वती एक्कासि बेपत्ता भएकी थिइन् । भारतमा कोही आफन्त नरहेको र सरस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सरस्वतीलाई उनका श्रीमान् रमेश बोहराको जिम्मा लगाइएको छ । रमेशले गत चैतमा सरस्वतीलाई कञ्चनपुरबाट भगाएर विवाह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *