बालेनको चुनाव खर्च झण्डै ४ लाख, मतगणनामा मात्रै १ लाख (खर्च विवरणसहित)
२०७९ असार ६ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावमा भएको खर्च सार्वजनिक गरेका छन् ।
सोमवार सामाजिक सञ्जालमार्फत उनले चुनाव खर्च सार्वजनिक गरेका हुन् । उनले चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको बताएका छन् ।
उनले चुनाव खर्च सार्वजनिक गर्न ढिला भएकोमा माफी समेत मागेका छन् । ‘हाम्रो चुनावी अभियानमा जम्मा खर्च ३ लाख ९४ हजार ४८९ भएको छ’, उनले लेखेका छन्, ‘जसमा मतगणनाको समयमा मात्रै १ लाख बढी भएको थियो ।’
उनले जनताबाट प्राप्त विश्वास र जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयास गर्ने समेत बताएका छन् । 
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








