गण्डकीका अर्थमन्त्रीको अडान – निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश हुन्न

पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालले संसदीय दलको निर्णय नमान्ने बताएका छन् ।

सोमबार संसदीय पत्रकार मन्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कुनै हालतमा समावेश नगर्ने बताए । नेकपा माओवादी केन्द्रको संसदीले दलको बैठकले आइतबार उक्त कार्यक्रम जसरी समावेश गराउनुपर्ने निर्णय गरेको थियो ।

‘अब बजेटमा १ रुपैयाँ घटाउन पनि मिल्दैन, बढाउन पनि मिल्दैन । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम यो बजेटमा हट्यो, अब समावेश हुँदैन,’ तपाईंकै दलको निर्णय मान्नुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘अब कसैले भनेर पनि यो कार्यक्रम आउन सक्दैन । परिस्थितिको सामना गर्छु ।’

क्याबिनेट बैठक र गठबन्धनकै बैठकमा धेरै पटक छलफल भएर बजेटमा समावेश गराउन भनिएको कार्यक्रम अर्थमन्त्री बरालले हटाएका थिए । त्यसपछि संसद बैठक नै चल्न सकेको छैन । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम सहित प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम र व्यवसाय जीवनरक्षा कोषलाई परिमार्जन गर्नुपर्ने दलको बैठकमा निर्णय गरिएको छ ।

बराललाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कार्यक्रम समावेश नगरेपछि मौखिक स्पष्टीकरण सोधेको बताइएको छ । यद्यपि, बरालले भने आफूलाई कुनै स्पष्टीकरण नसोधिएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *