अछाम किशोर मृत्यु प्रकरण : न्याय माग्दै सिट्ठी जुलुस

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका १७ वर्षीय विनोद शाहीको लागि न्याय माग गर्दै मङ्गलसेनमा सिट्ठी जुलुस निकालिएको छ ।

अनेरास्ववियु अछामको नेतृत्वमा सोमबार सिटी जुलुस निकालिएको हो । जुलुस एमाले अछामको पार्टी कार्यालयबाट सुरु भई मङ्गलसेन बजार हुँदै जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर कोणसभा गरिएको छ ।

किशोरको हत्या भएको भन्दै आफन्तले जाहेरी दिए पनि आरोपित पक्राउ नगरेको भन्दै स्थानीय आन्दोलित छन् ।

विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उनीहरूको माग छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनको विषयमा जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिबाट बेपत्ता भएका किशोर जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए ।

किशोरको हत्या कांग्रेस कार्यकर्ताले गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *