मंकीपक्स के हो, नेपालमा यसको जोखिम कति छ ? (भिडिओसहित)

काठमाडौँ । मंकीपक्स भाइरस मानिसमा सजिलै नसर्ने र जोखिम निकै कम रहेको एक संक्रामक राेग हाे ।

संक्रामक व्यक्ति वा पशुसँग सम्पर्कमा आउँदा वा उनीहरूकाे थुक, र्याल, घाउखटिरा, शरीरबाट निस्किने तरल पदार्थहरू, दूषित सतह र सामग्री, स्वासनली, आँखा, नाक र मुख तथा काटिएको, फुटेको, टोकिएको छालाबाट यसको संक्रमण फैलिन्छ ।

मंकीपक्सको लागि कुनै विशेष खोप नभएकाे तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्ने सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)का वरिष्ठ फिजिसियन डा. सुवास पन्त बताउँछन् ।

पहिलोपटक सन् १९७० मा दक्षिण अफ्रिकी देशहरूमा देखिएकाे मंकीपक्स अहिले अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल तथा कतिपय युरोपेली देशमा पुष्टि भइसकेकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

मंकीपक्सकाे संक्रमण बढ्दै गएकाे सन्दर्भमा नेपालमा पनि यसबाट जाेगिन सावधानीहरू अपनाउन थालिएकाे छ । हालसम्म नेपालमा मंकीपक्स संक्रमण देखिएकाे छैन । यद्यपि सावधानी भने अपनाउनुपर्ने डा. पन्तकाे सुझाव छ । मंकीपक्स फेला परेका देशबाट मानिसहरू आवतजावत गरिरहने भएकाले नेपालमा सतर्कता आवश्यक रहेकाे उनले बताए ।

बिफरसँग लक्षण मिल्नजाने हुँदा यस्ता लक्षण देखिँदा अति सतर्क हुनुपर्ने समेत उनको भनाइ छ । प्रस्तुत छ, यसै सन्दर्भमा डा. सुवास पन्तसँग मकालुखबरले गरेको भिडिओवार्ता:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *