आजको कोरोना अपडेट

काठमाडौँ । नेपालमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ९१४ जनाको नमूना परीक्षण गरिएको जसमध्ये १ हजार ८६२ पीसीआर परीक्षणमा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षणमा ८ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो एकदिनमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *