‘पेट्रोल पम्पमा अघिल्लाे दिन इन्धन भरेर भाेलिपल्ट मूल्यवृद्धि’
२०७९ असार ६ गते

काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले अघिल्लाे दिन पम्पमा पेट्राेल तथा डिजेल भरेर भाेलिपल्ट मूल्य बढाउने गरिएकाे बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा साेमवार बोल्दै अर्यालले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएर करोडौँको चलखेल गरेको आरोप लगाएकी हुन् ।
उनले एकपटक भरेको इन्धनले तीन दिनको माग धान्ने भन्दै स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौँ घोटाला भएकाे दाबी समेत गरेकी छन् ।
२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








