सभामुखसँग प्रधानन्यायाधीश राणाविरुद्धकाे महाभियोग अघि नबढ्नु कारण माग

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका हुन् ।

‘यस (महाअभियोग प्रस्ताव) मा सभामुखको ज्युको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने रु काम गर्न पाउने रु देश र जनताले उठेका प्रश्नहरूको जवाफ पाउने रु यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’

आफू ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा जिम्मेवारीविहीन समितिको औचित्य के हो ? कहिलेसम्म जिम्मेवारीविहीन अवस्थामा बस्ने ? म सभामुखजीबाट जवाफ चाहन्छु ।’
महाअभियोग प्रस्ताव ल्याउनेहरू कहाँ हराए भन्ने पनि उनको प्रश्न छ ।

‘त्यो महाअभियोग प्रमुख प्रतिपक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भनेर प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि रु उहाँहरू प्रस्तावमाथि छानबिन गर्नका लागि तयार हुनुहुन्न के भएको हो रु’ पण्डितको प्रश्न छ ।

महाअभियोग ल्याउने र अगाडि नबढाउनु संवैधानिक व्यवस्थाको दुरुपयोग भएको ठहरिने उनको जिकिर छ । उनी प्रश्न गर्छन्, ‘संविधानमा महाअभियोगको प्रस्तावको जुन व्यवस्था छ । यदि यसको दुरुपयोग भयो भने संविधानको यो व्यवस्थालाई जनताले कसरी बुझ्दछन् ? भविष्यमा यस्ता संस्थाहरूको जिम्मेवारी र दायित्व कसरी अगाडि बढ्छ ?’

१ फागुन २०७८ देखि प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन छ । जबराविरुद्ध पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध ९८ सांसदले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति पनि गठन गरेको थियो । तर, हालसम्म प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग समितिमा पठाएको छैन । यहीँनेर सांसद पण्डितले प्रश्न गरेका छन्, ‘यही सदनबाट महाअभियोग प्रस्तावमाथि छलफल गर्न समिति बनेको छ । उक्त महाअभियोग समितिले कहिले काम पाउने हो ?’

महाअभियोग सिफारिस समितिमा एमालेका चार, कांग्रेस र माओवादी केन्द्रका दुई–दुई, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद छन् ।

समिति सभापतिमा एमालेका विष्णु पौडेल छन् । सदस्यहरूमा एमालेबाट शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रकी यशोदा सुवेदी गुरुङ र रेखा शर्मा, एकीकृत समाजवादीकी कल्याणी खड्का, जसपाका प्रमोद साह र लोसपाका एकवाल मिया रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =