सुवर्ण थापा निर्देशित सस्पेन्स थ्रिलर चलचित्र ‘म’ को टिजर सार्वजनिक

काठमाडौँ । सस्पेन्स थ्रिलर विधामा निर्मित नेपाली चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ ।

सुवर्ण थापाको निर्देशनमा बनेको फिल्म ‘म’को टिजरमा एक अपराधिक सोच भएको व्यक्ति र उसका कारण सिर्जना हुने शंकास्पद स्थिति र अनुसन्धानका दृश्यहरू देखाइएको छ ।

कान्तिपुर फिल्म एडेकेमीले प्रस्तुत गरेको यस फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्कालगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको पटकथा लेखनमा प्रकाश पुरीले काम गरेका छन् भने छायांकनमा तेन्जिङ पाल्देनले साथ दिएका छन् ।

आगामी साउन २० गते रिलिज हुने फिल्मको सम्पादन वनिष शाहले गरेका हुन् ।
टिजरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *