कर्मचारीको बोनस लगायतका विषयमा सूचना माग गर्दै राप्रपाले आयल निगमलाई पठायो पत्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, शुद्धीकरण चार्ज, कर, भाडादर लगायतका विषयमा जानकारी माग गरेको छ ।

त्यस्तै नेपालका भिभिआइपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए ।

आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि विरोध सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =