एसिसी महिला टी २० च्याम्पियनसिप
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०७९ असार ६ गते

काठमाडौँ । एसिसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले तेस्रो खेलमा बहराइनलाई पराजित गर्दै प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । सोमबार बिहान सम्पन्न खेलमा नेपाली महिला टिमले बहराइनलाई ८ विकेटले पराजित गरेको हो ।
वर्षका कारण ७-७ ओभरमा खेलाइएको खेलमा बहराइनले नेपाललाई १५ रनको लक्ष्य दिएको थियो । नेपालले ३.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बहराइनले पहिला ब्याटिंग गर्दै ७ ओभरमा ६ विकेट गुमाउदै १४ रन बनाएको थियो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो ।
नेपालले यस अघि भुटान र कुवेतलाई पराजित गरेको थियो । लगातर तीन खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले समुह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्ने छ । यस प्रतियोगिताको फाइनलमा पुग्ने दुई देशले एशिया कपमा छनौट हुनेछन् ।

२०७९ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित