काठमाडाैँकाे कल सेन्टरबाट अमेरिकामा ठगी गर्ने १३ जना पक्राउ
२०७९ असार ५ गते

काठमाडौँ । नेपाल प्रहरीकाे साइबर ब्यूराेले काठमाडाैँबाट कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी गरेको आरोपमा १३ जनालाई पक्राउ गरेकाे छ ।
उनीहरूलाई काठमाडौँको सामाखुशीमा रहेकाे अर्बिट नेक्सस प्रालि नामक कल सेन्टरबाट पक्राउ गरिएकाे हाे ।
उनीहरूमाथि अमेरिकामा बस्नेहरूलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोप छ । पक्राउ पर्नेहरूमा २ जना भारतीय र ११ जना नेपाली नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरूले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् ।
२०७९ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








