सुदूरपश्चिमका ३ जिल्लामा बालबालिकाहरूलाई कोरोनाविरुद्धको खोप लगाइने

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा बालबालिकाहरूलाई कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइने भएको छ । सुदूरपश्चिमका कैलाली कञ्चनपुर र डडेलधुरामा असार ९ गतेदेखि १५ गते ‘फाइजर–लायोएनटेक’ नामक खोप लगाइने भएको हो ।

पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाहरूलाई खोप लगाइने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जानकारी दिएको छ । आइतबार धनगढीमा आयोजित  अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

खोपले बालबालिकाहरूलाई कोभिड–१९ बाट ९० प्रतिशत सुरक्षित राख्ने बताउँदै विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको जनस्वास्थ्य महाशाखाका प्रमुख हेमराज खड्काले जानकारी दिए ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लाका खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरू तथा तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन सक्ने खड्काले बताए ।

सरकारले पहिलो चरणमा देशभरका २७ वटा जिल्लामा खोप लगाइने भएको छ । जसअन्तर्गत प्रदेश १, मा ४ वटा जिल्ला, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, त्यस्तै लुम्बिनी प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ३ वटा जिल्लामा खोप लगाइँदै छ ।

त्यसैगरी, जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि एक कार्यक्रमको आयोजना गर्दै जिल्लाका १३ वटै पालिकामा बालबालिकालाई खोप लगाउन लागिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जिल्लाका सबै बालबालिकालाई नछुटाई खोप लगाइने बताए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य संयोजकलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *