संसदीय समितिमा गएनन् प्रधानमन्त्री, ध्यानाकर्षण गराउने समितिकाे निर्णय

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समितिको बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम समयमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराएको भन्दै यसको कारणका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

एसपीपीका विषयमा निकै नकारात्मक कुराहरू आएको विषयमा जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको समिति सभापति पवित्रा निरौला खरेलले समितिमा आउन प्रधानमन्त्रीलाई पत्राचार नै गरेको जानकारी दिइन् ।

बैठकमा सभापति निरौलाले निर्णयको मस्यौदा पढेर सुनाउँदा कांग्रेसका सांसदहरू आपत्ति जनाएका थिए । बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले स्पष्ट ढंगले सन्देश पठाएको भन्दै ध्यानाकर्षण गराउन जरुरी नरहेको तर्क गरे । तर एमाले सांसद भीम रावलले बैठकमा आउँछु भनेर सहमति जनाएर नआउने विषय खेद प्रकट गर्ने विषय भएको तर्क गरे ।

एउटा सम्झौताबाट राष्ट्रियता नै कमजोर कमजोर हुने विषयमा प्रधानमन्त्री नआउनु सामान्य विषय नभएको उनको भनाई छ । त्यसपछि पुन भुसालले यसअघि पनि अरू प्रधानमन्त्री र मन्त्रीहरू समितिमा नआएको भन्दै अहिले नै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता किन पर्‍यो भन्दै प्रश्न गरे ।

त्यसपछि पुन समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री नआउने विषयमा आफूले सोधेपछिमात्रै आउन नसक्ने जानकारी प्राप्त भएको बताए । उनले प्रधानमन्त्रीको बदनाम गर्न नखोजेको भन्दै जानकारी दिन मात्र बोलाइएको तर्क गर्दै पुन निर्णय सुनाए ।

तर कांग्रेसका सांसदहरूभरले संसदीय मर्यादा विपरीतको शब्दहरू हटाउनुपर्ने दोहराए । यसअघि बसेको समिति बैठकले एसपीपीका विषयमा भएका सम्पूर्ण पत्रकार ७ दिन भित्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =