सबै पूर्व माओवादीहरू एकै ठाउँ जुट्ने अवस्था तयार भयाे : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था तयार भएको दाबी गरेका हुन् ।

प्रचण्डले एकताको विभाजनको शृंखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिब करिब पूर्व माओवादी भन्नेहरू एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य संगठनमा पनि पर्नु स्वाभाविक रहेको धारणा राखे । उनले परिवर्तन नरुचाउने तत्त्वहरू अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको बताए ।

प्रचण्डले कर्मचारीहरूले राखेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =