अब घर फर्किने छैनन् टंक, हात्तीले आक्रमण गर्दा मृत्यु

धनगढी । कैलालीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको टीकापुर वडा नं १ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारीको कर्णाली नदी किनार सनकट्टी घाटमा हात्तीको आक्रमण मृत्यु भएको हो ।

शनिबार साँझ साढे ६ बजेतिर जंगलबाट निस्केका दुई वटा हात्तीले उनलाई आक्रमण गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

नदी किनारमा तटबन्धका लागि तीन जना महिला ढुङ्गा संकलन गरिरहेकामा एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई जना महिला भागेका तर सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको स्थानीयले बताए । मृतक सोडारीको शव टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *