ठूला दलको गलत नीतिले मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दैछ: राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलको कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् ।

स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगंजमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायतका ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको जिकिर गरेका हुन् ।

बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न राष्ट्रसेवा कर्मचारी तथा नेताको सम्पत्तिको छानबिन गर्न आवश्यक रहेको अध्यक्ष लिङ्ग्देनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *