भक्तपुरको कमलविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
२०७९ असार ३ गते

काठमाडाैँ । केएमसी अस्पतालले भक्तपुरको कमलविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शुक्रवार अमरज्योति मन्टेश्वरी विद्यालय र भक्तपुर नगरपालिका वाड नं १० को संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अमरज्योति मण्टेश्वरीको प्राङ्गणमा भएको शिविरबाट १ हजार १३५ जनाले लाभ लिएको केएमसीका जेनरल म्यानेजर नारायण दाहालले जानकारी दिए ।
त्यसमध्ये १२३ जनाले इसिजी, २२८ जनाले ल्याब, १९४ जनाले यूएसजी, ३७ जनाले दात खोल्ने र ३४ जनाले ओटी रोलर सेवा पाएकाे दाहालले बताए ।
तस्वीरः

२०७९ असार ३ गते
प्रतिक्रिया








