ओलीकाे दाबी:

‘विचारकाे हिसाबले एमाले जहिल्यै पहिलाे पार्टी हाे’ (भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विश्वासघात गर्नेहरू एमालेका कार्यकर्ता हुन नसक्ने बताएका छन् । स्थानीय निर्वाचन-२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीले दिएकाे २ दिने प्रशिक्षणलाई टुङ्ग्याउँदै उनले यस्ताे बताएका हुन् । निर्वाचनमा विराेधीहरूले मात्रै हराउन नसकेकाे तर, पार्टीभित्रै ‘सकुनीहरू’ निस्किएपछि हार व्यहाेर्नुपर्काे निष्कर्षसहित बसिरहेकाे ओलीले भनेका छन्, ‘पार्टीभित्र बसेर विश्वासघात गर्छ भने त्याे नेकपा एमालेकाे कार्यकर्ता हुन सक्दैन, नेता हुन सक्दैन ।’

त्यसअघि उनले प्रश्न गरे— यी र यस्ता पनि नेकपा एमालेजस्ताे पार्टीका कार्यकर्ताहरू हुन्छन् ?

‘विचारकाे हिसाबले एमाले जहिल्यै पहिलाे पार्टी हाे’

उनले एमालले स्थापनाकालदेखि राम्राे मुद्दाहरूकाे उठान गर्दै आएकाे बताएका छन् । ‘नेकपा एमालेले स्थापनाकालदेखि राष्ट्रिय मुद्दाहरू उठाउँदै आएकाे छ,’ उनले भनेका छन्, ‘एमाले सधैँ राष्ट्रियताकाे पक्षमा छ । एमाले सधैँ स्वतन्त्र, सार्वभाैमिकताकाे पक्षमा छ । स्थापनाकालदेखि नै एमालेले समृद्ध समाजकाे बारेमा बाेल्दै आएकाे छ । हाम्राे पार्टीले न्यायकाे झण्डा उठायाे ।’

उनले एमालेले राजनीतिकका लागि राजनीति नगर्ने जिकिर गरेका छन् । ‘हामी जनताकाे पक्षमा राजनीतिक गर्न चाहन्छाैँ,’ उनले भनेका छन् ।

यस्तै उनले विचारकाे हिसाबले एमाले जहिल्यै पहिलाे पार्टी भएकाे बताएका छन् । ‘हाम्राे पार्टी विचारकाे हिसाबले सधैँ पहिलाे पार्टी हाे,’ उनले भने, ‘कुनै पनि क्षेत्रका नीतिहरूकाे सन्दर्भमा एमाले तय गर्दछ । त्याे नीतिलाई ताेडमाेड गरेर त्यसैबाट लिने र त्यसैलाई विकृत ढङ्गले पेश गर्ने; याेबाहेक कुनै पार्टीसँग कुनै नीति छैन । राष्ट्र निर्माणकाे नीति काेहीसँग छैन । हामी बनाउँछाैँ, उनीहरू ताेडमरण गर्छन् र फेरि हाम्रैमाथि टिप्पणी गर्छन् ।’

उनले नेकपा एमाले एकमात्रै विचारधारात्मक पार्टी भएकाे दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =