गण्डकी सरकारको दाबीः यो बजेट यथार्थ छ

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट यथार्थपरक रहेको दाबी गरेको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पत्रकार सम्मेलन गरी बजेट प्रदेशको क्षमताका आधारमा ल्याइएको बताए । यसअघि बजेटको आकार मात्रै बढ्ने र कार्यान्वयन नहुने अवस्था रहेको भन्दै अहिले प्रदेशले धान्न सक्ने बजेट ल्याएको उनको भनाइ छ ।

‘प्रदेशको स्रोत प्राप्तिको अवस्था, खर्च गर्न सक्ने क्षमताको विश्लेषण गरी यथार्थको धरातलमा टेकेर बजेट प्रस्तुत ल्याएका छौँ,’ उनले भने, ‘काल्पनिकतामा रमाएर आम्दानी विश्लेषण नै नगरी कार्यान्वयन नै नहुने महत्वाकांक्षी कार्यक्रम प्रस्तुत गर्नुका अलावा कार्यान्वयन हुनसक्ने धान्न सक्ने खालको योजना समावेश हुनु बढी उपयोग हुने विश्वास लिएको छु ।’

विशेषगरी, प्रतिफल आउने र एक वर्षभित्रै सम्पन्न गर्ने योजनामा सरकारले बजेट विनियोजन गरेको बरालको भनाइ छ । प्रदेशका गौरवका आयोजना एवं निर्माणाधीन अधुरा क्रमागत आयोजना कार्यान्वयनमा तीव्रता आउने उनले बताए । ‘यो बजेटको कार्यान्वयनबाट तत्काल प्रतिफल दिने र एक वर्षभित्र सम्पन्न हुने प्रदेशका रूपान्तरणकारी आयोजना, प्रदेश गौरबका आयोजना एवं निर्माणाधिन अधुरा क्रमागत आयोजनाको कार्यान्वयनमा तीव्रता आउनेछ ।

प्रदेशका रणनीतिक महत्वका आर्थिक, सामाजिक र भौतिक पूर्वाधार आयोजनाको निर्माण कार्य अघि बढ्ने र सेवा क्षेत्र विस्तारित हुनेछ,’ उनले भने, ‘यसबाट समृद्ध प्रदेश–सुखी प्रदेशवासीको आकांक्षा हासिल गर्न थप योगदान पुर्याउने अपेक्षा लिएका छौँ ।’

प्रदेश सरकारले यसपटक कृषि र स्वास्थ्यमा बढी जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *