प्रेम आलेप्रति झपटबहादुरकाे व्यङ्ग्य- ‘संस्कृतिमन्त्री हाेइन, गाली शिराेमणि उपाधि दिउँ’

काठमाडाैँ । नेकपा एमालेका सांसद झपटबहादुर रावलले संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेलाई ‘गाली शिराेमणि’ काे संज्ञा दिएका छन् । शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘उहाँलाई संस्कृतिमन्त्री हाेइन, गाली शिराेमणिकाे उपाधि दिउँ,’ उनले भनेका छन् ।

त्यसअघि उनले भूमिकामा भनेका छन्, ‘कुनै पनि प्रणाली सञ्चालन गर्नका लागि सुसंस्कृत र सभ्यतालाई आत्मसाथ गर्नुपर्छ । संस्कृतिकाे संरक्षण र नयाँ संस्कृतिकाे निर्माण गर्नका लागि संस्कृति मन्त्रालय बनाइएकाे हाे । सामाजिक मूल्यमान्यतालाई हेक्का राखेर पाइला चाल्नुपर्ने मन्त्रीजस्ताे गरिमामय पदमा रहेर कहिले सर्वसाधारणलाई त कहिले आफ्ना मातहतका कर्मचारीमाथि बाेलिएकाे बाेली र गरिएकाे व्यवहारले हाम्राे सभ्यताकै बेइज्जत गरेकाे छ ।’

यसअघि मन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेकाे भिडिओ सार्वजनिक गरेका थियाे । त्यसभन्दा पहिले पनि उनले एक युवालाई फाेनबाटै थर्काएकाे भिडिओ सार्वजनिक भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =