एसपीपी र एमसीसी दुवै ओली सरकारको पालामा आएको प्रचण्डको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी  र एमसीसी दुवै सम्झौता अघिल्लो सरकारको पालामा आएको दाबी गरेका चन् ।

आज शुक्रबार पत्रकारसँग कुराकानी गर्ने क्रममा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एसपीपी सम्झौता खारेज हुने बताउँदै यस्तो टिप्पणी गरेका हुन् । उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउँदै भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर, एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।”

उनले अगाडि भने, ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको हो । एमसीसी पास गरिए पनि एसपीपी पास हुँदैन, यो खारेज हुन्छ ।’

साथै, अध्यक्ष प्रचण्डले तत्काल गठबन्धन हेरफेर नहुने समेत बताए । उनले भने, “अहिले गठबन्धन जे हो त्यही जान्छ ।” उनले अगाडि भने, ‘पार्टीका एक-दुई मान्छे लाग्ने कुरा बेग्लै हो । अहिले पार्टीमा त्यस्तो केही कुरा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *